जेष्ट बचत तथा ऋण सहकारी र ज्योती लाईफ ईन्सुरेन्स बिच सहकार्य, सदस्य र कर्मचारीको विमा

  • 1
    Share

काठमाण्डौंको गोंगबुमा रहेको जेष्ट बचत तथा ऋण सहकारी संस्था र ज्योती लाईफ ईन्सुरेन्स कम्पनी बिच सदस्य एवम कर्मचारीहरुको बिमा गराउने सम्झौता भएको छ । उक्त सम्झौतामा संस्थाका प्रमुख कार्यकारी अधिकृत मधुसुदन पाठक र इन्स्योरेन्स कम्पनीको तर्फबाट बिशाल विक्रम शाहले हस्ताक्षर गर्नुभएको छ ।
अब जेष्ट बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिने सदस्यहरुको म्यादी बीमा हुनेछ । संस्थाबाट कर्जा लिने शेयर सदस्यहरुको जीवनमा आइपर्ने अकल्पनीय क्षतिको रक्षावरण हुने विषय बीमामा समाविष्ट गरिएको छ ।

सहमति अनुसार सदस्यहरुको असामयिक निधन भएमा किरिया खर्च बिमाङ्क रकमको १० प्रतिशत वा २ लाखसम्म उपलब्ध गराईने छ । ऋणी सदस्यको मृत्युभएमा बिमाङ्कको शत प्रतिशत भुक्तानी कम्पनीले गर्नेछ ।

त्यस्तै दुर्घटनामा बिमितको मृत्यु भएका बिमाङ्कको २ सय प्रतिशत, दुर्घटनाको कारण पूर्ण स्थायी रुपमा अशक्त भएका बिमाङ्कको १ सय प्रतिशत, दुर्घटनाको कारण आंशिक अशक्त भएमा वा अंगभंग भएमा बिमाङ्कको ४ देखि १ सय प्रतिशत सम्म रकम प्रदान गरिने कम्पनीले जनाएको छ ।


  • 1
    Share
प्रतिक्रिया दिनुहोस्