आमचोक गाउँपालिका बन्यो आधारशिला कार्यक्रम चलाउने प्रदेशकै पहिलो गाउँपालिका

  • 374
    Shares

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाले आधारशिला कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
देशभरका बचत तथा ऋण सहकारी संस्थाहरुको केन्द्रीय छाता संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) र भोजपुर जिल्लास्थित आमचोक गाउँपालिका बिच नेफ्स्कूनद्वारा संचालित आधारशिला कार्यक्रम कार्यन्वायनको सम्झौता भएको छ ।

सोमबार नेफ्स्कून केन्द्रीय कार्यलय नयाँ बानेश्वरमा नवीन कार्यक्रम संचालन सम्बन्धी दुई पक्षबीच सम्झौता सम्पन्न भएको हो । सम्झौतामा गाउँपालिकाका अध्यक्ष अशोक राई र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोख्रेलले हस्ताक्षर गर्नुभएको छ ।

यो सँगै आधारशिला कार्यक्रम संचालन गर्ने आमचोक गाउँपालिका प्रदेश नं. १ को पहिलो स्थानीय तह बनेको छ ।

के हो आधारशिला कार्यक्रम ?

देशका दुरदराजमा खोलिएका सहकारी संस्थाहरुको संस्थागत विकाश गर्दै स्थानीयतह सँगको समन्वय र साझेदारी मार्फत सहकारीहरुको दिगो विकाश र प्रबद्र्धन गर्ने लक्ष्य आधाशिला कार्यक्रम हो ।

नेफ्स्कूनले आफ्नो ३३ औं स्थापनाको दिवशको अवसर पारी सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्यालको प्रमुख उपस्थितीमा औपचारिक समुद्धघाटन गरेको थियो ।

देश संघीय संरचनामा प्रवेश गरेसगै धेरै सहकारी संस्थाहरु स्थानीय तहको क्षेत्राधिकार भित्र रहेको हुँदा तिनिहरुको प्रभावकारी अनुगमन तथा नियमनको लागी स्थानीय तहको क्षमता विकास गर्ने लक्ष्य यस कार्यक्रमको हो । साथै सहकारीहरुमा महिला नेतृत्व विकास, विपन्न समुदायको पँहुच अभिवृद्धि र उद्यमशिलता विकास गर्ने लक्ष्य यो कार्यक्रमले लिएको छ ।

सम्झौता पश्चात आमचोक गाउँपालिकामा क्रियाशिल बचत तथा ऋण सहकारी सहित सम्पूर्ण प्रकृतिका सहकारी संस्थाहरुको संस्थागत विकाशमा संयुक्त रुपमा गाउँपालिका र नेफ्स्कूनले तिन वर्ष सम्म सहकार्य गर्ने छन ।

कार्यक्रममा नेफ्स्कूनका प्रशासन तथा समन्वय विभाग प्रमुख संजयराज तिमल्सिना, सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल, व्यवसाय विभाग प्रमुख राधेश्याम श्र्रेष्ठ, बरिष्ठ अधिकृत नवीनराज दाहाल, व्यवसाय अधिकृत प्रकाश अधिकारी, अनुगमन अधिकृत शौभाग्य भट्टराई लगायतको उपस्थिति थियो ।


  • 374
    Shares
प्रतिक्रिया दिनुहोस्