धुर्मुस र सुन्तली टिमवीच भएको प्रतिष्पर्धामा सुन्तली टिम विजयी

  • 2
    Shares

चितवन । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ भएको स्टार क्रिकेट २०२१ को उपाधी सुन्तली टिमले जितेको छ ।

गृष्मा ब्रोडकास्टिङको आयोजनामा भएको खेलमा ४० भन्दा बढी सेलिब्रेटीको सहभागिता थियो । सहभागी कलाकारहरु दुई समुहमा विभाजित भएका थिए । दुई समुहलाई धुर्मुस र सुन्तली टिममा विभाजन गरिएको थियो ।


दुई टिमबीच भएको प्रतिष्पर्धामा सुन्तली टिम विजयी बनेका छन् । विजयी टिमले रु पाँच लाख हात पारेका छन् । सो पुरस्कार बापतको रकम रंगशाला निर्माणका लागि हस्तान्तरण भएको छ ।
धुर्मुस टिममा ज्ञानेन्द्र मल्ल, सुनिल थापा, प्रमोद खरेल लगायत थिए भने सुन्तली टिममा प्रकाश सपुत रामकृष्ण ढकाल लगायत सहभागी थिए ।

हाल धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिको सहकार्यमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम भईरहेको छ ।


  • 2
    Shares
प्रतिक्रिया दिनुहोस्