रक्षामन्त्री जनरल अब्दुल रहीम वार्डका पाँच वर्षीय छोराकाे हत्या

  • 2
    Shares

एजेन्सी / रक्षामन्त्रीका नावालक छोराको अफगानिस्तानमा हत्या भएको छ। रक्षामन्त्री जनरल अब्दुल रहीम वार्डका पाँच वर्षीय छोरा र सवारी चालक मोहम्मद अफ्जालको राजधानी काबुलको माक्रोरायन ए चर क्षेत्रमा रहेको आफ्नै निवासमा हत्या भएको हो।

देशका शान्ति स्थापनाका लागि प्रयासहरू भइरहेका बेला अफगानिस्तानमा दर्दनाक हिंसात्मक घटना भइरहेका छन्। हत्या घटनाको अहिलेसम्म कुनै पक्षले जिम्मेवारी नलिएको अधिकारीहरूले बताएका छन्।

लामो समयदेखि द्वन्द्वमा फसेको अफगानिस्तानमा पछिल्लो समय द्वन्द्व अन्त्यका लागि धेरै प्रयासहरू भइरहे पनि सफलता मिल्न सकेको छैन।


  • 2
    Shares
प्रतिक्रिया दिनुहोस्