वर्तमान सरकार गठन भएको आज तीन वर्ष पूरा, पुनःनिर्मित सिंहदरबारबाट सरकारले गरेका उपलब्धि सार्वजनिक गर्ने

  • 3
    Shares

काठमाडाै‌ । वर्तमान सरकार गठन भएको आज (फागुन ३ गते) तीन वर्ष पूरा भएको छ।

प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएपछि २०७४ फागुन ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा यो सरकार गठन भएको हो। यस अवसरमा प्रधानमन्त्री ओलीले पुनःनिर्मित सिंहदरबार परिसरमा आज एक विशेष समारोहका बीच सरकारले गरेका उपलब्धि सार्वजनिक गर्ने भएका हुन्।

सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयको रेट्रोफिटिङ सकिएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुरानै भवनमा सर्ने भएको छ। वि सं. २०७२ को भूकम्पले क्षति पुर्‍याएको भवन पुनर्निर्माण गरिएको हो। प्रधानमन्त्री ओलीले आज कार्यालयको उद्घाटन गर्दै छन्।

प्रधानमन्त्रीले आज बिहान ११ बजे सिहदरबारका तीन मोहडा (उत्तर,पूर्व र दक्षिण) को उद्घाटन गर्ने कार्यक्रम रहेकाे प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयाे।


  • 3
    Shares
प्रतिक्रिया दिनुहोस्