प्रदर्शनकारीलाई २० वर्षसम्म जेल हाल्ने चेतावनी

  • 3
    Shares

एजेन्सी ।  म्यानमारको सेनाले प्रदर्शनकारीलाई २० वर्षसम्म जेल हाल्ने चेतावनी दिएको छ ।प्रदर्शनकारीहरूले सशस्त्र बलहरू माथि अवरोध खडा गरेमा उनीहरूले २० वर्षसम्मको जेल सजाय भोग्नुपर्ने हुन सक्ने सेनाले चेतावनी दिएको बीबीसीले जनाएको छ ।

म्यान्मारका विभिन्न सहरहरूमा हतियारसहितका गाडीहरू गुडिरहेका बेला कानून परिमार्जन पनि गरिएको सेनाले घोषणा गरेको छ । परिमार्जित कानुनमा अब बोलेर, लेखेर वा साङ्केतिकसहित जुनसुकै रूपमा सेनाप्रति घृणा बढाउने काम गरेको पाइए जेल सजायसहित जरिवानाको व्यवस्था गरिने उल्लेख छ।

त्यस्तै सर्वसाधारणहरूमा डर वा अशान्ति पैदा गर्न खोजेको पाइएमा तीन देखि सात वर्षसम्म जेल सजाय हुन सक्ने सेनाले आफ्नो वेबसाइटमार्फत उल्लेख छ । सैन्य सरकारले पक्राउ गर्न सक्ने, खोजतलास गर्न सक्ने र मानिसहरूलाई अदालतको आदेश बिनै २४ घण्टासम्म पक्राउ गर्न सक्ने अधिकार पनि प्रत्यायोजन गरेको छ।


  • 3
    Shares
प्रतिक्रिया दिनुहोस्