शीर्ष स्थानको बायर्न म्युनिख बराबरीमा रोकियाे

  • 2
    Shares

एजेन्सी । शीर्ष स्थानको बायर्न म्युनिख जर्मन बुन्डेसलिगा फुटबलमा बराबरीमा रोकिएको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा बायर्न रेलिगेसन क्षेत्रको अर्मेनियासँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।

बायर्नका लागि रोबर्ट लेवान्डोस्की, टोलिसो र अल्फन्सो डाभिसले एक एक गोल गरे । अर्मेनियाका मिचेल भिलाप, आमोस पिपर र क्रिस्टियन गेवाअरले एक एक गोल गरे । खेलमा सुरुवाती अग्रता भने अर्मेनियाले बनाएको थियो ।

खेलको नवौं मिनेटमा मिचेलले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । खेलको ३७ औं मिनेटमा आमोसले गोल गर्दा अर्मेनिया २-० ले अघि रह्यो । तर, खेलको ४८औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २-१ को स्थितिमा ल्याए ।

खेलको ४९ औं मिनेटमा क्रिस्टियनले गोल गरेपछि अर्मेनियाले ३-१ को अग्रता बनायो । खेलको ५७ औं मिनेटमा टोलिसोले गोल गर्दै बायर्नलाई ३-२ को स्थितिमा ल्याए । त्यसपछि खेलको ७० औं डाभिसले गोल गर्दै खेललाई ३-३ गोलको बराबरीमा ल्याएका थिए ।

बराबरीसँगै बायर्नले २१ खेलमा ४९ अंक जोडेको छ । साविक विजेता समेत रहेको बायर्नले शीर्ष स्थानमा पाँच अंकको अग्रता बनाएको छ । अर्मेनिया १८ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।


  • 2
    Shares
प्रतिक्रिया दिनुहोस्