भदौ ७ देखि १० गतेसम्म कांग्रेसको महाधिवेशन हुने

  • 3
    Shares

काठमाडाै‌ । नेपाली कांग्रेसको महाधिवेशन भदौ ७ देखि १० गतेसम्म हुने भएको छ। भदौ महिनाको ७, ८,९ र १० गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय भएको कांग्रेस केन्द्रीय सदस्य गुरु घिमिरेले बताए।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडैलबीच महाधिवेशनको मितिमा सहमति भएकाे हाे । दुबै नेताहरु आन्तरिक छलफलमा व्यस्त भएपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक निर्धारित समयभन्दा तीन घण्टा ढिलो सुरु भएको हाे।

बुधबार दिउँसो २ बजेका लागि बोलाएको बैठक तीन घण्टा ढिला सुरु भएकाे कांग्रेसका नेता मिनेन्द्र रिजालले जानकारी दिए। बैठकमा प्रस्तुत हुने रणनीति र प्रस्ताव तय गर्न वरिष्ठ नेता पौडेलले विहान ११ बजेदेखि आफूनिकट केन्द्रीय सदस्यहरुसँग छलफल गरेका थिए।

त्यसपछि सभापति देउवा र नेता पौडेलबीच छलफल भएको थियो। निर्धारित समयमा महाधिवेशन हुन नसकेपछि कांग्रेसले एकवर्ष म्याद थप गरेको थियो। जसको म्याद फागुन १९ गते सकिँदैछ।


  • 3
    Shares
प्रतिक्रिया दिनुहोस्