भारतमा पहिलोपटक महिलालाई मृत्युदण्ड

  • 3
    Shares

एजेन्सी । परिवारका सात सदस्यकाे हत्या अभियाेगमा भारतमा पहिलोपटक महिलालाई मृत्युदण्ड (फासी) दिइँदै छ।

भारतीय पत्रिका दैनिक भास्करका अनुसार अमरोहा निवासी शबनमलाई फासी दिन लागिएको हो। उनले प्रेमीसँग मिलेर १३ वर्षअघि धारिलो हतियार प्रयाेग गरि परिवारका ७ सदस्यको हत्या गरेकी थिइन्।

हाल उत्तरप्रदेशस्थित जेलमा रहेकी उनलाई फासीको सजाय दिइने भएको हो। तर फासी दिने मिति टुंगो लागिसकेको छैन।

फासीबाट बच्न उनले यही फेब्रुअरी १५ मा गरेको याचना राष्ट्रपतिले खारेज गरेका हुन्।


  • 3
    Shares
प्रतिक्रिया दिनुहोस्