सगरमाथा माध्यमिक विद्यालयको वार्षिक उत्सव सम्पन्न

  • 2
    Shares

भोजपुर / जिल्लाको अरुण गाउँपालिका ७ सिक्रेटारमा रहेको सगरमाथा माध्यमिक विद्यालयको ४६ औं वार्षिक उत्सव एवम अभिभावक दिवश आज एक कार्यक्रमका विच सम्पन्न भएको छ ।

बिहीवार भोजपुर जिल्लाका संघीय सांसद सुदन किरातीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै सांसद किरातीले विद्यालयको भौतिक पुर्वधार र शैक्षिक गुणस्तर सुधारका लागी आफुले सकेको सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा विद्यालय स्थापनाकाल देखि विभिन्न समयमा विद्यालयमा अध्यापन गराउनुहुने पुर्व शिक्षक शिक्षिकाहरुलाई विदाई सहित सम्मान गरिएको थियो भने उत्कृष्ट विद्यार्थिहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो ।

विद्यालय संचालनको लागी आर्थिक सहयोग गर्नु हुने दाताहरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थि, अभिभावक सहित स्थानिय बुद्धिजिवी एवम समाजसेवीहरुको उपस्थिती रहेको थियो ।


  • 2
    Shares
प्रतिक्रिया दिनुहोस्