प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई गरेको बर्खास्तको काँग्रेसद्वारा विराेध

  • 3
    Shares

काठमाडौँ / नेपाली काँग्रेसले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई गरेको बर्खास्तको भर्त्सना गरेको छ । काँग्रेसको तर्फबाट प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी प्रदेश प्रमुखको शुक्रबार गरिएको बर्खास्त र नयाँ नियुक्तिको विरोध र भर्त्सना गरेका हुन् ।

‘संसद् विघटनको असंवैधानिक कदम पश्चात् काम चलाऊ स्थितिमा पुगेको सरकारले यसरी बर्खास्त, नियुक्ति आदि काम गर्न विल्कुलै मिल्दैन र पाइन्न ।’ शर्माले भनेका छन् । सो कदमको विरोध जनाउँदै नेपाली काँग्रेसले स्वेच्छाचारी ढङ्गले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी दिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा १६५ को उपधारा (१) खण्ड (ख) बमोजिम परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । तिलक परियार प्रचण्डको सिफारिसमा प्रदेश प्रमुख नियुक्त भएका थिए।


  • 3
    Shares
प्रतिक्रिया दिनुहोस्