राईको अध्यक्षतामा ७ सदस्यीय क्यान भोजपुरको कार्यसमिति चयन

  • 5
    Shares

भोजपुर । कम्प्यूटर एशोसिएसन नेपाल (क्यान) भोजपुरको पहिलो अधिवेशनबाट अर्जुन कुमार राई अध्यक्षमा चुनिएका छन् । क्यान भोजपुरको ऐतिहासिक अधिवेशनबाट राईको नेतृत्वमा ७ सदस्यीय जिल्ला कार्य समिति र्निविरोध चयन भएको छ ।

समितिको उपाध्यक्षमा आशिष निरौला, सचिवमा मनोज राई, सहसचिवमा प्रजान राई, कोषाध्यक्षमा विपना शाक्य, सदस्यहरुमा एनिसा राई, सुजन श्रेष्ठ चयन भएका छन् । यस्तै महाधिवेशन प्रतिनिधीहरुमा एक्शन राई र अर्जुन कुमार राई चुनिएका छन् । अधिवेशनमा क्यानका केन्द्रिय सचिव ठाकुर श्रेष्ठ, प्रदेश अध्यक्ष भव तिमिल्सना लगायतको उपस्थिती थियो ।

नवनिर्वाचित क्यान भोजपुरका अध्यक्ष राईले आफु नेतृत्वको समितिले जिल्लाको सुचना प्रविधिको क्षेत्रमा काम गरिरहेका सबैलाई समेटेर अगाडी बढ्ने प्रतिबद्धता जनाए ।


  • 5
    Shares
प्रतिक्रिया दिनुहोस्