उपाधि दाबेदार बार्सिलोना बराबरीमा रोकियाे


एजेन्सी । उपाधि दाबेदार बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा बराबरीमा रोकिएको छ ।आइतबार राति भएको खेलमा बार्सिलोना काडिजसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा बार्सिलोनाले बराबरी खेलेको हो । खेलको ३२ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

तर, खेलको ८९ औं मिनेटमा एलेक्स फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै काडिजलाई हारबाट जोगाए ।बराबरीसँगै बार्सिलोनाले २३ खेलमा ४७ अंक जोडेको छ । बार्सिलोना लिगको तेस्रो स्थानमा रहेको छ ।

काडिज २५ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्