एसबीआई बैंकद्वारा मानवसेवा आश्रमलाई विभिन्न सामग्रीहरु सहयोग

  • 2
    Shares

काठमाडाै‌ । नेपाल एसबीआई बैंकले पोखरास्थित मानवसेवा आश्रमलाई विभिन्न सामग्रीहरु सहयोग गरेको छ। बैंकले सोलार वाटर हिटर, १० वटा बंक बेड, मास्क तथा स्यानिटाइजर प्रदान गरेको हो।

उक्त सामाजिक संस्थाले सडकमा बस्ने शारीरिक तथा मानसिक रुपमा असक्त व्यक्तिहरुको उद्धार तथा पुनर्स्थापनामा सहयोग गर्दै आएको छ।

मकवानपुरकाे हेटौँडामा प्रधान कार्यालय रहेको उक्त आश्रमले ७ प्रदेशका १७ केन्द्रहरुबाट आफ्नो सेवा प्रदान गदै आएको छ। 


  • 2
    Shares
प्रतिक्रिया दिनुहोस्