ओलीको प्रतिगामी कदमको भत्सना गर्दै भोजपुरमा अनेम महासंघको विरोध जुलुस

  • 9
    Shares

भोजपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको विरोध गर्दै अखिल नेपाल महिला महासंघ र अखिल नेपाल महिला महासंघ (क्रान्तिकारी) भोजपुरले संयुक्त विरोध जुलुस निकालेका छन् ।

ओलीको प्रतिगामी कदमको भत्सना गर्दै उनीहरुले भोजपुर सदरमुकाममा विरोध प्रदर्शन गरेका हुन् । प्रतिगमन, महिला हत्या, हिंसा र बलात्कारको विरुद्ध नाराबाजी गर्दै महासंघले संयुक्त विरोध जुलुस निकालेको हाे ।

जुलुसपछि कोणसभालाई सम्बोधन गर्दै अनेम महासंघ भोजपुरकी अध्यक्ष ईन्द्रावती राईले ओलीको असंवैधानिक कदमसंगै महिला दिदीबहिनीहरुमाथि जघन्य अपराध दिनानुदिन बढिरहँदा पनि सरकार मौन रहेको भन्दै सरकारको आलोचना गरिन् ।

कार्यक्रममा अनेम महासंघ (क्रान्तिकारी) भोजपुरकी अध्यक्ष अनिषा खड्काले पनि ओली सरकारको चर्को आलोचना गर्दै ओलीले विघटन गरेको प्रतिनिधिसभा पुनस्थापना हुनुपर्नेमा जाेड दिइन् ।

आईतबार जिराेपाेइन्ट गेटबाट निकालिएको जुलुस सदरमुकामको चारभञ्ज्याङमा आएर कोणसभामा परिणत भएको थियो ।


  • 9
    Shares
प्रतिक्रिया दिनुहोस्