१० लाख डोज कोभिसिल्ड खोप नेपाल आइपुग्याे

  • 2
    Shares

काठमाडौं / सरकारले खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकाे छ।

एयर इन्डियाको विमानमार्फत दिल्लीबाट आइताबार दिनकाे १ः३० बजे काठमाडौं आइपुग्ने भनिएको विमान डिले भई १ः५९ मा विमानस्थलमा अवतरण भएको हो। नेपाल सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियामा फागुन ५ गते २० लाख डोज खरिदका लागि सम्झौता गरेको थियो।

सरकारले प्रति डोज ४ डलरमा २० लाख डोज खोप खरिद गरेको हो। जसमध्ये पहिलो चरणमा १० लाख डोज आज आएको हो। उक्त खोप टेकुस्थित कोल्डरुममा भण्डारण गरी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरका खोप केन्द्रमा वितरण हुने छ। स्वास्थ्य मन्त्रालयले बाँकी १० लाख खोप पनि चाँडै नेपाल आइपुग्ने जनाएको छ।


  • 2
    Shares
प्रतिक्रिया दिनुहोस्