बरियताक्रम नमिलेको भन्दै नेकपा सचिव खड्काको राजिनामा घोषणा

  • 80
    Shares

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) को प्रचण्ड–माधब पक्षको भोजपुर जिल्ला सचिव विमल खड्काले आफ्नो बरियताक्रम नमिलेको भन्दै राजिनामा घोषणा गरेका छन् ।

पूर्व माओवादी खेमाका खड्का यसअघिनै सचिव रहेको र रिक्त रहेको स्थानमा अन्य व्यत्तिलाई राख्नुपर्ने भन्दै सचिव पदमा नरहने घोषणा गरेका छन् । सामाजिक संजाल फेसवुकमा स्टाटस लेख्दै खड्काले “मेरो नाममा सामाजिक संजालमा आएको बधाई २०७५ सालमै आएको हुँदा अब उपयुक्त नहोला, चाडै अर्को कामरेड म बाहेक सचिव हुनु हुनेछ । ” खड्काले लेखेका छन् , “ हाम्रो कार्यालय सदस्य कमरेड शरण कुमार राई अध्यक्ष हुनुभएकोमा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु । ”

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र बिच एकता भए पश्चात जिल्लामा एमालेको तर्फबाट प्रेम कुमार राई अध्यक्ष र माओवादी केन्द्रको तर्फबाट विमल खड्का सचिव रहेका थिए । खड्का प्रदेश १ को सदस्यको समेत जिम्मेवारीमा थिए । पार्टी विभाजन पश्चात अध्यक्ष प्रेम कुमार राई केपी ओली नेतृत्वको नेकपामा लागेका छन् ।

आफु प्रदेश सदस्यको हैसियतमा रहेको र तत्कालका लागि जिल्लामा सचिवको हैसियतमा अन्य जिम्मेवार नेताहरुनै रहेकाले सचिव पद खड्काले अस्विकार गरेका हुन् ।


  • 80
    Shares
प्रतिक्रिया दिनुहोस्