९० वर्षीया वृद्धा र ६६ वर्षीया दृष्टिविहिनलाई नागरिकता प्रदान

  • 15
    Shares

भोजपुर । जिल्लाको पूर्वी अरुण गाउँपालिकाका ९० वर्षीया र ६६ वर्षीया बृद्धाले बल्ल नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यलय भोजपुरले वडा नं ७ सिक्रेटारका मनमाया राई र वडा नं. १ याङपाङका दृष्टिविहिन भिममाया राईलाई नागरिकता प्रदान गरिएको हो ।

अरुण गाउँपालिका वडा नम्वर ७ का वडाध्यक्ष डिल्लीराम अधिकारी र वडा नम्वर १ का वडाध्यक्ष नगेन्द्र खत्रीको पहलमा दुवै जनालाई जिल्ला प्रशासन कार्यालयमा बनेको नागरिकता प्रदान गरिएको हो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले कार्यालयमा नागरिकता हस्तान्तरण गर्नु भएको थियो ।

अरुण गाउँपालिका वडा नम्वर ७ का वडाध्यक्ष अधिकारीले नागरिकता नभएका कारण मनमायालाई बृद्ध भत्ता भुक्तानी गर्न समेत समस्या देखिएकाले नागरिकताका लागि पहल गरिएको बताए । यता अरुण गाउँपालिका वडा नम्वर १ का वडाध्यक्ष खत्रीले पनि नागरिकता लिनबाट बञ्चित दृष्टिबिहिन भिममायालाई नागरिकता बनाउन पहल गरिएको बताउनु भयो ।

नागरिकता लिनबाट बञ्चित सबैलाई जिल्ला प्रशासन कार्यालयले प्रक्रिया पुर्याएर नागरिकता प्रदान गर्दै आईरहेको छ । नेपाली नागरिकता हुँदा सरकारी सेवा सुबिधा समेत पाइने भएपछि बिगतमा नागरिकता लिनबाट बञ्चित बृद्धबृद्धाहरुलाई समेत जिल्ला प्रशासनले नागरिकता उपलब्ध गराउँदै आएको जिल्ला प्रशासन कार्यलय भोजपुरले जनाएको छ ।


  • 15
    Shares
प्रतिक्रिया दिनुहोस्