कमेडी ‘च्याम्पियन सिजन २’को औपचारिक घोषणा

  • 2
    Shares

काठमाडाै । कमेडी ‘च्याम्पियन सिजन २’को औपचारिक घोषणा गरिएको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रमका बिच ‘कमेडी च्याम्पियन सिजन २’को घोषणा गरिएको हो । 

रियालिटी सो लाई निर्देशक विशाल भण्डारीले निर्देशन गरेका छन् । साे मा न्थ्री प्रोडक्सनको प्रस्तुति रहेको । कान्तिपुर टेलिभिजनमा कार्यक्रम फागुन २१ गतेबाट हरेक शुक्रवार र शनिवार बेलुका ९:१० बजे प्रसारण हुनेछ। 

कमेडी च्याम्पियनको कार्यकारी निर्मातामा केकी अधिकारी, विशाल भण्डारी, रीमा विश्वकर्मा र राज घिमिरे रहेका छन्।  साथै निर्णायकहरूमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा रहेका छन्।

विजेताले कारसहित २५ लाख नगद पुरस्कार पाउने छन्। नायिका तथा मोडल रीमा विश्वकर्माले शोको होस्ट गरेकी छन् ।  


  • 2
    Shares
प्रतिक्रिया दिनुहोस्