“ सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको छु ”- केपी शर्मा ओली

  • 2
    Shares

काठमाडाै । सर्वोच्च अदालतको फैसलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य रुपमा लिएको बताएका छन्। बुधबार एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले स्वार्थबाट लपेटिएकाहरुका लागि यस्ता कुराले धेरै उत्साहित बनाउने बताए।

मंगलबार सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरेपछि प्रचण्ड र माधव नेपालले लड्डु खाएको भन्दै अब उनीहरुले के पाउँछन् आफूले हेर्ने बताए। ‘मेरा केही भाइहरुले लड्डु खाए, ‘मुहँ मिठा’ गरे’ ओलीले भने, ‘अब के पाउँछन् हेर्नुछ।’

उनले केही दिनपछि आफ्नो राजीनामा मागिने भन्दै सरकार निरन्तर रहने दाबी गरे। उनले भने, ‘अब भोलि पर्सीबाट राजीनामा माग्छन् होला। राजीनामा दे, राजीनामा दे भनेर। तर, सरकार निरन्तर रहन्छ। विकास र समृद्धि अगाडि बढिरहन्छ।’ प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री भएपछि देशले विकासमा फड्को मारेको दाबी पनि गरे। उनले सबैलाई पदमा रहुन्जेल र बाँचुन्जेल राम्रो गर्न सुझाव पनि दिए।

‘मान्छे सधैँ पदमा रहिरहन्न। पदमा रहिन्जेल, बाँचुन्जेल राम्रो काम गर्ने हो’ उनले भने, ‘निराश कहिल्यै हुनुहुँदैन। सूर्य उदाउँदा पनि रातै भएर उदाउँछ। अस्ताउँदा पनि रातै भएर अस्ताउँछ।’


  • 2
    Shares
प्रतिक्रिया दिनुहोस्