गायिका अञ्जु पन्त र थीर कोइराला बैबाहिक बन्धनमा

  • 2
    Shares

काठमाडौं । गायिका अञ्जु पन्त र प्रेमी थीर कोइराला बैबाहिक बन्धनमा बाधिएका छन् । यो जोडीले एकवर्ष देखिको प्रेमलाई विहेमा परिणत गरेको हो ।

बुधबार उनीहरुले ललितपुरको पाटनस्थित एक चर्चमा विहे गरेका हुन् । दुबैजना क्रिस्चियन धर्ममा आस्था राख्ने भएकाले चर्चमा विहे गरेको बताएका छन् । विहेमा सीमित आफन्त मात्र सहभागि रहेको बुझिएको छ ।

दशक अगाडि अञ्जुको गायक मनोजराजसँग डिभोर्स भएको थियो । उनी छोरी पारितोषिकासँग बस्दै आएकी थिइन् । भ्यालेन्टाइनमा अञ्जु र थीरले प्रेम सार्वजनिक गरेका थिए ।


  • 2
    Shares
प्रतिक्रिया दिनुहोस्