दक्षिण एसियामा नेपाल दोस्रो शान्त मुलुक

  • 3
    Shares

काठमाडौं । एसियाका सात मुलुकहरुमध्ये नेपाल दोस्रो शान्त मुलुक भएको एक अध्ययनले देखाएको छ । दक्षिण एसियाका सात मुलुकहरुमध्ये नेपाल दोस्रो शान्त मुलुक भएको ग्लोवल पिस इन्डेक्सले गरेको अध्ययनले देखाएको हो ।

ग्लोवल पिस इन्डेक्स २०२० अनुसार यस क्षेत्रको पहिलो शान्त मुलुक भुटान हो भने सबैभन्दा धेरै अशान्त मुलुक अफगानिस्तान रहेकाे उल्लेख छ । सो संस्थाको विश्वव्यापी श्रेणीमा भुटान १९ औं स्थानमा रहेको छ भने नेपाल ७३ औं स्थानमा छ ।

सन् २०१९ मा नेपाल ७६ औं स्थानमा थियो । दक्षिण एसियाका अन्य मुलुकहरुमा भारत १३९ औं, पाकिस्तान १५२, बंगलादेश ९७, श्रीलंका ७७ र अफगानिस्तान १६३ औं स्थानमा रहेका छन ।

समग्रमा सन् २०२० मा दक्षिण एसियामा शान्तिको वातावरणमा केही खल्बलिएको सो अध्ययनले उल्लेख गरेको छ ।


  • 3
    Shares
प्रतिक्रिया दिनुहोस्