नेप्सेमा दोहोरो अंकको पहिरो, होटल एण्ड टुरिजम बाहेक सबै उपसूचक नकारात्मक

  • 2
    Shares

काठमाडौं । कारोबारको पहिलो दिन आइतबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज ७९ दशमलव ७४ अंकले ओरालो लागेर २४७४ दशमलव ३९ विन्दुमा आएर थामिएको हो ।

होटल एण्ड टुरिजम बाहेक कारोबार भएका सबै उपसमूह ओरालो लागेका छन् । यस दिन २०७ कम्पनीका १ करोड ६० लाख १७ हजार ३ सय २२ कित्ता शेयर ९६ हजार १ सय ५१ पटक कारोबार भएका छन् । कारोबार रकम भने ८ अर्ब ३५ करोड ५२ लाख रुपैया माथि रहेको छ । जीवन बीमा सबैभन्दा धेरै ६२४ अंकले ओरालो लाग्यो । त्यसैगरि उत्पादनमूलक १९८, लघुवित्त १४१, अन्य ८१, विकास बैंक ७५, जलविद्युत ६७, बैंकिङ्ग ५४, वित्त २९, व्यापार ११, लगानी ४ र म्युचल फण्ड शून्य दशमलव २४ अंकले ओरालो लागेका हुन् ।

कारोबार रकमका आधारमा शिखर इन्स्योरन्स कम्पनीले सबैभन्दा धेरै १ अर्ब २ करोड १६ लाख रुपैया कारोबार गरेको छ । नेपाल इन्फ्रास्ट्रचर बैंकले ६३ करोड ४९ लाख ५५ हजार, ग्लोबल आइएमइ बैंकले ३४ करोड, नेपाल रिइन्स्योरेन्सले २८ करोड ६१ लाख रुपैया कारोबार गरेका छन् ।

कारोबारको पहिलो दिन नेप्सेको सूचक नकारात्मक रहे पनि चन्द्रगिरी हिल्सको शेयरमूल्य ९ प्रतिशतले सकारात्मक देखिएको छ । त्यसैगरि सिटिजन्स म्युचल फण्ड र शिखर इन्स्योरेन्सको शेयर मूल्य २ / २ प्रतिशतले बढेका हुन् ।

साथै गनपति माइक्रोफाइनान्सको शेयरमूल्य ७ प्रतिशतले ओरालो लागेको छ । त्यसैगरि नेपाल फाइनान्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल हाइड्रो डेभलपर्स र अपि पावर कम्पनीको शेयर मूल्य ६ / ६ प्रतिशतले घटेका हुन् ।


  • 2
    Shares
प्रतिक्रिया दिनुहोस्