नेप्सेमा १ समूह थप, नयाँ समूहमा ४ कम्पनीले कारोबार गर्ने

  • 2
    Shares

काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्जको समूहगत परिसूचकमा १ समूह थप गरिएको छ । नेप्सेले यहि फाल्गुन १६ गते देखि लागू हुने गरि लगानी समूह थप गरेको हो ।

नेप्सेमा १ समूह थप भएसँगै समूहगत परिसूचकको समूह ११ बाट १२ कायम भएको छ । नेप्सेको व्यवस्थापनले यो निर्णय गत फाल्गुन ७ गते गरेको हो ।

हाल लगानी समूहमा नागरिक लगानी कोष, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभल्पमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र एन आर एन इन्फ्रास्ट्रक्चर  एण्ड डेभल्पमेन्ट रहेका छन् ।

नेप्सेमा सूचिकृत कम्पनीहरुलाई १२ समूहगत परिसूचकमा विभाजन गरेर कारोबार गरिने भएको छ । हाल नेप्सेमा सूचिकृत कम्पनीको संख्या भने २ सय १८ कायम भएको जनाइएको छ । 


  • 2
    Shares
प्रतिक्रिया दिनुहोस्