नेप्सेमा ३ दशमलव ४० अंकको गिरावट, करिव ४ अर्ब माथिको कारोबार, सूचक साढे २४ सय आइपुग्यो


काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एकल अंकको गिरावट आएको छ । कारोबारको चौथो दिन अर्थात बुधबार नेप्सेमा ३ दशमलव ४० अंकको गिरावट आएर २४५८ दशमलव ४८ विन्दुमा आइपुगेको हो ।

यस दिन नेप्सेमा २०५ कम्पनीका ७८ लाख १६ हजार कित्ता शेयर ४६ हजार ९ सय पटक कारोबार भएका छन् । बुधबार नेप्सेमा ४ अर्ब १० करोड रुपैयाँको कारोबार भएको हो ।

सूचक ओरालो लागे पनि व्यापार २९६, उत्पादनमूलक ९५, होटल एण्ड टुरिजम ५१, अन्य ३८, जलविद्युत र वित्त ४ / ४ र लगानी समूह शून्य दशमलव शून्य दुई अंकले सकारात्मक देखिएका हुन् ।

जीवन बीमा सबैभन्दा धेरै १२८ अंकले ओरालो लाग्यो । त्यसैगरि र्निजीवन बीमा १२७, माइक्रोफाईनान्स ४०, विकास बैंक र वाणिज्य बैंक १० / १०, म्युचल फण्ड शून्य दशमलव शून्य तीन अंकले नकारात्मक देखिएका हुन् ।

नेप्सेको सूचक र आधा जसो उपसूचक ओरालो लागे पनि चन्द्रागिरी हिल्स, घलेम्दी हाइड्रो, नेपाल हाइड्रो डेभलपर्सको शेयर मूल्य ९ / ९ प्रतिशतले बढेका हुन् । साथै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, साल्ट ट्रेडिङ र लिर्वटी इनर्जीको शेयर मूल्य ८ / ८ प्रतिशतका दरले सकारात्मक देखिएका हुन् ।

ओरालो लागेको सूचकलाई पछ्याउँदै रैराङ हाइड्रोपावर डेभलपमेन्ट, मिथिला लघुवित्त र शिखर इन्स्योरेन्सको शेयर मूल्य ४ / ४ प्रतिशतले नकारात्मक देखिएका हुन् । त्यसैगरि अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट र महुली लघुवित्तको शेयर मूल्य ३ / ३ प्रतिशतले ओरालो लागे ।

कारोबारको चौथो दिन बुधबार नेपाल दुरसञ्चार कम्पनीले सर्वाधिक ५५ करोड ७० लाख रुपैयाँको कारोबार गरेको नेप्सेले उल्लेख गरेको छ ।    


प्रतिक्रिया दिनुहोस्