काठमाडौं । कारोबारको चौथो दिन अर्थात बुधबार सुन-चाँदीको मूल्यमा बृद्धि आएको छ । यस दिन प्रतितोला सुन ६ सय र चाँदी १५ रुपैयाँले बढेको हो ।
मंगलबारको तुलनामा बुधबार सुन चाँदीको मूल्यमा उक्त बृद्धि आएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
साताको पहिलो दिन अर्थात आइतबार सुन ८६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरि सोमबार सुन प्रतितोला ८६ हजार २ सय र मंगलबार ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो । बुधबार भने तोलामा ६ सयले बढेर ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यसैगरि कारोबारको पहिलो दिन आइतबार चाँदी प्रतितोला १२ सय ५०, सोमबार १२ सय ६५ र मंगलबार १२ सय ५५ रुपैयाँमा कारोबार कारोबार भएको हो । साताको चौथो दिनसम्म आइपुग्दा चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १२ सय ७० मा कारोबार भएको महासंघले उल्लेख गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार दिउँसोसम्म सुन प्रति औंस १७ सय १३ अमेरिकी डलरमा कारोबार भइरहेको थियो ।