पठाओ राइडरले ज्याकेट र ट्राउजर लगाउन नपाउने सहमति

  • 1
    Share

काठमाडाै । पठाओ राइडरलाई ट्राफिक प्रहरीले ज्याकेट र ट्राउजर लगाउन प्रतिवन्ध लगाएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार विकृति रोक्न राइड सेयरिङ कम्पनी पठाओसँगको सहमतिमै यस्तो निर्णय गरिएको हाे। बुधबार देखि पठाओ राइडरले पठाओ भनेर चिनिने प्रोटेक्टिभ गेयर लगाउन पाउने छैनन्।

ट्याक्सी चालकले पठाओ सेवाको कारण आफ्नो व्यवसाय संकटमा परेको भन्दै विरोध गर्दै आएका छन्। केही ट्याक्सी चालकले भने पठाओ राइडरलाई ज्याकेट र ट्राउजर नलगाइ सेवा दिन दुई पक्षबीच भएको सहमतिलाई ‘पठाओ सेवा बन्द गर्न लागिएको’ भनेर प्रचार गर्दै आएका छन्।

ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले पठाओलाई व्यवस्थित रुपमा सेवा दिन भनिएको भएपनि बन्द गर्नेबारे कुनै निर्णय नभएको बताए।


  • 1
    Share
प्रतिक्रिया दिनुहोस्