आगलागि पिडितलाई संघिय सांसद सुदन किरातीद्धरा तत्काल प्रारम्भिक रहात

  • 29
    Shares

भोजपुर हतुवागढीका आगलागि पिडितलाई भोजपुरका संघिय सांसद सुदन किरातीले तत्काल प्रारम्भिक रहात उपलब्ध गराएकाछन् । हुतवागढी गाउँपालिका ८ पात्लेपानी खुकाइलामा विहिवार जङ्गलबाट पसेको आगोले चार घर जलेर नष्ट भएको थियो । सांसदन किरातीले माओबादी केन्द्र भोजपुरकी नेतृ सुनिता किराती र वडाध्यक्ष प्रविन राई मार्फत आगलागिबाट पिडित परिवारलाई २ सय ४० केजी चामल दाल लगायतका खाद्यान्न सामाग्री उपलब्ध गराएकाछन् । किरातीले आगलागी बाट घरबार विहिन बनेका सुदन राई,कञ्चन राई,भिमबहादुर राई र अर्जुन राईको घर निर्माणमा समेत सहयोग गर्ने जनाएकाछन् । आगलागीबाट चार घर सहित तीन ओटा मतान पुर्णरुपमा जल्दा ३१ लाख बराबरीको क्षतीे प्रारम्भिक अनुसन्धनबाट खुलेको वडाध्यक्ष प्रविण राईले जनाएकाछन् ।


  • 29
    Shares
प्रतिक्रिया दिनुहोस्