माओबादी केन्द्र भोजपुरको वैठक सम्पन्न : भुगोलको जिम्मेवारी टु‌गाे लाग्याे ।

  • 70
    Shares

वैठकको निर्णय वैचारिक र संगठनिक कोशे ढुङ्गा सावित : इञ्चार्ज किराती

भोजपुर । नेपाल कम्यूनिष्ट पार्टी (माओबादी केन्द्र) जिल्ला कमिटी भोजपुरले पार्टीको वैठक सम्पन्न गरी सागठनिक जिम्मेवारी समेत टुङ्गो लगाएको छ । अदालतले (नेकपा) लाई पुर्ववत अवस्थामा फर्काएपछि १० र ११ गते माओबादी केन्द्रले जिल्ला पार्टी कार्यलय भोजपुरमा जिल्ला कमिटी वैठकको आयोजना गरेको हो ।

भुगोलको जिम्मेवारी टुङ्गो लगाउँदै दुई दिन सम्म चलेको बैठकमा भएको छलफल को निर्णय थप एक दिन जिल्ला पार्टी कार्यलय टिमको छलफल पछि सार्वजनिक गरेको हो । पार्टीको आगामी वैचारिक लाइन र रणनीतिबारे घनिभुत छलफल भएको वैठकमा सहभागी एक जिल्ला कमिटी सदस्यले बताए ।

जिल्ला पार्टी कार्यलय सदस्य नगेन्द्र भुुजेल (सैलेन्द्र)को अध्यक्षतामा सम्पन्न वैठकमा केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज सुदन किराती प्रदेश सदस्यहरु दिलकुमार राई,राजेश खतिवडा,विमल खड्का,निर्माण किराती लगायतको उपस्थिति रहेको थियो । वैठकबारे आफ्नो धारणा राख्दै संघिय सांसद समेत रहेका पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज सुदन किरातीले संघिन परिस्थितिमा आयोजित वैठकको निर्णय नेपाली कम्यूनिष्ट आन्दोलनलाई वैचारिक र संगठनिक दुवै हिसावले पुनरउथ्थानका निम्ति कोशे ढुंगा सावित भएको बताएकाछन् ।

वैठकले पार्टीको भावी कार्यदिशा र केन्द्रीय पार्टीलाई सुझाव का निम्ति पार्टीका प्रदेश कमिटी सदस्य दिलकुमार राईको संयोजकत्वमा तीन सदस्य सुझाव टोली निर्माण गठन गरेको छ । वैठकले दुई नगर र सात गाउँपालिका सहित नौ ओटै स्थानिय तहको जिम्मेवारी समेत टुङ्गाएको छ । वैठकले टुङगाएको नयाँ जिम्मेवारी यस प्रकार रहेकाछन् ।

साल्पाशिलिछो गाउँपालिकामा इन्चार्ज दल ब.गिरी,अध्यक्ष प्रेम किराती र सचिव महेश राई रहेकाछन् । षडानन्द गररपालिकाको इञ्चार्जमा मुकुन्द राई, सह इञ्चार्जमा ओम श्रेष्ठ,कुमार चर्माकार, अध्यक्ष यङगराज राई र सचिव राजविकास राई रहेकाछन् । अरुण गाउँपालिकामा इञ्चार्ज डिल्लिराम अधिकारी(विकट), सह इञ्चार्ज इन्द्रशुर बेल्टारे, अध्यक्ष बलभद्र वान्तवा सचिवमा कुमार थापा रहेकाछन् । पौवादुङमा गाउँपालिकामा इञ्चार्ज देवेन्द्र खड्का,सह इञ्चार्ज अमृत राई,ओमप्रकाश भुजेल अध्यक्ष सम्झना राई र सचिवमा जितेन राई रहेकाछन् । भोजपुर नगरपालिकामा इञ्चार्ज शरण तामाङ(रविन) सह इन्चार्ज सुर्य गोले,जगत तामाङ अध्यक्ष मनिका राई सचिव राजन समीप छन् । टेम्के मैयुङमा इञ्चार्ज संगम राई सह इञ्चार्ज विष्णु बस्नेत,जगत राई अध्यक्ष सुर्य नेपाल सचिव प्रदिप राई रहेकाछन् ।

रामप्रसादराई गाउँपालिकामा इञ्चार्ज सम्झना राई (सन्ध्या) सह इञ्चार्जमा चन्द्र मगर,बाबुराम बन्जरा अध्यक्ष सुरेशचन्द्र राई सचिव सोमकुमार राई रहेकाछन् । हतुवागढी गाउँपालिकामाक इञ्चार्ज सुनिता किराती,सह इञ्चार्जमा प्रविण राई,श्याम हाङ्खिम अध्यक्षमा तिलक बस्नेत र सचिवमा सुदन राई छन् । आमचोक गाउँपालिकामा इञ्चार्ज अशोक राई अध्यक्ष सन्दिप किरावा र सचिवमा बम ब.श्रेष्ठ रहेकाछन् ।

बैठकले प्रदेश क्षेत्र नम्बर १ संयोजकमा बविन्द्र रसाइली सचिवमा विरु तामाङ रहेकाछन् । प्रदेश क्षेत्र नम्बर दुईमा संयोजक राजकुमार तामाङ (समीर) र सचीवमा विश्वाजित चाम्लिङ रहेकाछन् ।


  • 70
    Shares
प्रतिक्रिया दिनुहोस्