चीनले थप ९ करोड रुपैयाँ बराबरका स्वास्थ्य सामग्री सहयोग गर्ने

  • 1
    Share

काठमाडाै । चीनले आकस्मिक सहयोग स्वरूप नेपाललाई थप ९ करोड रुपैयाँ बराबरका स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ। कोरोना संक्रमितको उपचारका क्रममा अक्सिजनको हाहाकार भएपछि नेपालले तत्काल अक्सिजन प्लान्ट उपलब्ध गराउन गरेको आग्रहबमोजिम चीनले ५ मिलियन आरएमबी (करिब ९ करोड ८ लाख रुपैयाँ) आकस्मिक सहयोग दिने घोषणा गरेको हो।

अर्थ मन्त्रालय र चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिड्का) बीच गत शुक्रबार भएको भिडिओ कन्फरेन्समा नेपालले अक्सिजन प्लान्ट सहयोग गर्न आग्रह गरेको हो।

त्यस क्रममा सिड्काका उपाध्यक्ष बोकिङले नेपाललाई थप ५ मिलियन आरएमबी सहयोग गर्ने घोषणा गरेका हुन्।


  • 1
    Share
प्रतिक्रिया दिनुहोस्