सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो

  • 1
    Share

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । आइतबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँ रहेको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ । यसैगरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३५५ रुपैयाँ पुगेको छ ।


  • 1
    Share
प्रतिक्रिया दिनुहोस्