युनेस्कोमा कार्यरत अनामिका गौचनद्वारा कोभिड अस्पताल भोजपुरलाई अक्सिजन सिलिण्डर हस्तान्तरण

  • 220
    Shares

भाेजपुर । भोजपुरमा सञ्चालनमा रहेको कोभिड अस्पताललाई अक्सिजन सहयोग गरिएको छ । युनिस्कोमा कार्यरत काठमाडाै निवासी समाजसेवि अनामिका गौचन शेर्पाले कोभिड अस्पताल भोजपुरलाई अक्सिजन सिलिण्डर र पिपिइ सेट प्रदान गरेकी हुन् ।

शेर्पाले व्यक्तिगत आर्थिक सहयोगमा क्रिएसन नेपाल र अक्सिजन फर नेपाल संगको सहकार्यमा १० थान अक्सिजन सिलिण्डर र २० थान पिपिइ सेट समेत सहयोग गरेकाे कोभिड अस्पताल सहयोग समितिका सदस्य नेपाल पत्रकार महासंघ भोजपुरका अध्यक्ष एक्सन राईले बताए । कोरोना संक्रमितको उपचारको लागि अक्सिजन सिलिण्डरले ठुलो सहयोग पुग्ने राईले बताए ।

यो संगै कोभिड अस्पतालमा ५० वटा अक्सिजन सिलिण्डर पुगेको छ । तत्कालका लागि जिल्ला भित्रका ग्रील उद्योग र हाइड्रो पावरको समेत अक्सिजन सिलिण्डर प्रयोगमा ल्याइएको थियो । कोभिड अस्पतालमा विरामीकोे लागि सिलिण्डरले ठुलो सहयोग पुग्ने कोभिड अस्पताल सहयोग समिति भोजपुरका अध्यक्ष धुव्रलाल श्रेष्ठले बताए ।


  • 220
    Shares
प्रतिक्रिया दिनुहोस्