रामप्रसादराईमा रहेकाे काेभिड अस्पताललाई समाजसेवीहरुद्वारा अक्सिजन सिलिण्डर

  • 215
    Shares

भाेजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकामा जन्मिएर विश्वका विभिन्न स्थानमा रहेका समाजसेवीहरुले गाउँपालिका कोभिड अस्पताललाई अक्सिजन सिलिण्डर उपलब्ध गराएकाछन् ।

विभिन्न पेशा व्यवसायमा रहेका व्यक्तिहरुले कोभिड अस्पताल बैकुण्ठेका लागि १७ ओटा पोर्टेवल अक्सिजन सिलिण्डर लगायत अन्य स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् । समाजसेवीहरुले संघीय सांसद सुदन किराँती मार्फत उक्त सिलिन्डर जिल्ला पठाएका हुन् । सांसद किराँतीले अस्पताल निरिक्षणका क्रममा अक्सिजन अभाव पाएपछि संकलन अभियान सञ्चालन गरेका थिए । किराँतीले निजि क्षेत्र तथा नेपाल सरकारबाट प्राप्त स्वास्थ्य सामग्री जिल्ला प्रशासन कार्यलय भोजपुरलाई हस्तान्तरण गरेपछि जिल्लाका केही कोभिड अस्पताल निरिक्षण गरेका थिए ।

अनुगमनका क्रममा अन्य अस्पतालका तुलनामा रामप्रसादराई गाउँपालिको वैकुण्ठेमा अक्सिजन अभाव पाएपछि खरिदका लागि यि समाजसेवीहरुलाई जोडेका हुन् । प्राप्त अक्सिजन सिलिन्डर नेकपा (माओबादी केन्द्र)का प्रदेश कमिटी सदस्य राजेश खतिवडाले रामप्रसादराई गाउँपालिकाका स्वास्थ्य प्रमुखलाई शुक्रबार हस्तान्तरण गरेकाछन् । सांसद किरातीले सहयोग गर्ने व्यात्तिहरुको नामवली सार्वजानिक गर्दै यसरी धन्यवाद दिएकाछन् ।

सहयाेगीहरुकाे विवरण

१, कुल बहादुर राई ओख्रे हाल काठमाण्डौ
२, चन्द्र कुमार राई ओख्रे हाल काठमाडौं
३, सौभाग्यवती किरात छिनामखु हाल बिराटनगर
४, नारायण घिमिरे धोद्लेखानी हाल भारत
५, ईन्द्र चाम्लिङ्ग बैकुण्ठे हाल काठमाण्डौ
६, अ्मित राई भुल्के हाल काठमाण्डौं
७, मान ब बिक बैकुण्ठे हाल धरान
८, भिम कुमार राई ओख्रे हाल काठमाडौं
९, अर्जुन तामाङ्ग ओख्रे हाल मलेसिया
१०, हेमचन्द्र राई ओख्रे हाल बेलायत
११, रामऔतार राई ओख्रे हाल कोरिया
१२, चण्डीराज राई ओख्रे हाल मलेसिया
१३, सन्तोष राई ओख्रे हाल कोरिया
१४, कपिल राई मेख्खु धोद्लेखानी हाल बेलायत
१५, टिका दाहाल बैकुण्ठे हाल काठमाण्डौ
१६, सुरेन्द्र पराजुली मानेभज्याङ्ग हाल काठमाण्डौ
१७, भुपाल आचार्य बैकुण्ठे हाल काठमाडौ
१८, गोबिन्द प्रसाद आचार्य बैकुण्ठे हाल काठमाडौं
१९, लक्ष्मी प्रसाद गेलाल बैकुण्ठे हाल काठमाडौं
२०, लक्ष्मी प्रसाद घिमिरे बैकुण्ठे हाल काठमाडौं
२१, सरस्वती आचार्य बैकुण्ठे हाल काठमाडौं
२२, साबित्रा आचार्य बैकुण्ठे हाल काठमाडौं


  • 215
    Shares
प्रतिक्रिया दिनुहोस्