राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण सुरु

  • 1
    Share

काठमाडौ । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण सुरु भएको छ । एएफसी एसियन कप छनोटको तेस्रो चरणका खेल तथा आगामी साफ च्याम्पियनसिपको तयारीका लागि प्रशिक्षण थालिएको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ एन्फासँगको समन्वयमा आईतबारदेखि टिमलाई प्रशिक्षणमा बोलाएका हुन् ।

यसअघि अघिल्लो मंगलबादेखि हुने भनिएको प्रशिक्षण ११  खेलाडीमा कोरोना संक्रमण भएपछि रोकिएको थियो । खेलाडीमा कोरोनाको संक्रमण देखिएपछि एन्फाले आगामी मंगलबारदेखि अभ्यास थाल्ने बताएको थियो । तर, प्रशिक्षकसँगको समन्वयमा एन्फाले आइतबारदेखिनै खेलाडीहरुलाई अभ्यासमा बोलाएको प्रवक्ता किरण राइले जानकारी दिए । 

अघिल्लो सोमबार  गरिएको प्रशिक्षणको क्रममा ११ खेलाडीमा कोरोनाको संक्रमण देखिएपनि मंगलबा पुनः भएको परिक्षणको क्रममा उनीहरुको परर्पोट नेगेटिभ आएको थियो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आगामी साफ च्याम्पियनसिपमा नेपाललाई च्याम्पियन बनाउने तयारी स्वरुप अभ्यास सुरु गरेका हुन् । यस्तै अर्को वर्ष फेब्रुअरीमा  हुने एएफसी एसियन कपको अन्तिम चरणको छनोटका लागि पनि नेपाली टिम केन्द्रित छ । 

अभ्यासमा ५० खेलाडी सहभागी छन् । ५० खेलाडीलाई दुई समूहमा विभाजन गरेर बिहान र बेलुका प्रशिक्षण भइरहेको एन्फाले जनाएको छ ।।


  • 1
    Share
प्रतिक्रिया दिनुहोस्