राजनीतिक प्रभुत्व स्थापित गर्न नभई मानव जातिको सेवा गर्न चीन तयार – सी

  • 1
    Share

काठमाडाै । चिनियाँ राष्ट्रपति सी चिनफिङले अन्तर्राष्ट्रिय नियमहरु विश्वव्यापी मान्यतामा आधारित हुनुपर्ने बताएका छन्।  चिनियाँ कम्युनिस्ट पार्टी र विभिन्न देशका राजनीतिक दल तथा संगठनहरुको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति तथा पार्टी महासचिव सीले मुलुकहरुबीचको सहकार्य राजनीतिक प्रभुत्व स्थापित गर्न नभई मानव जातिको सेवा गर्नका लागि हुनुपर्ने बताए। 

सो सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति सीले चीनले कहिल्यै पनि प्रभुत्व स्थापना वा प्रभाव क्षेत्र निर्माण गर्न नखोज्ने बताए। ‘चीन सधैँ विकासशील विश्वको सदस्यको रुपमा रहन्छ,’ सीले भने। 

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको कार्यक्रममा विश्वका १ सय ६० वटा देशको ५ सय भन्दा बढी राजनीतिक दलहरुको सहभागिता छ।  कार्यक्रममा राष्ट्रपति सीले मानव जाति फेरि एकपटक शत्रुतापूर्ण मुकाबिला कि आपसी सम्मान, शान्तिपूर्ण सहकार्य कि एक्लोपन छनोट गर्ने विन्दुमा आइपुगेको बताए।

उनले विश्वभर गरिबी निवारण गर्न सघाउने चाहना चिनियाँ कम्युनिस्ट पार्टीको रहेको पनि बताए। उनले कोभिड १९ को समाधान गर्नका लागि अन्तर्राष्ट्रिय सहयोगका लागि चीनले कुनै कसर बाँकी नराख्ने बताए। 

सम्बोधनको क्रममा राष्ट्रपति सीले कोभिड १९ माथि हुने राजनीति वा भाइरसलाई भौगोलिक नाम दिने कुराको विरोध गर्नु पर्ने पनि बताए। खोपमा रहेको विभेद अन्त्य गर्नुपर्ने उनको भनाइ थियो। 

सो कार्यक्रममा नेपालका प्रमुख दलका नेताहरु पनि सहभागी छन्। 


  • 1
    Share
प्रतिक्रिया दिनुहोस्