‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट वरिष्ठ हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ सम्मानित

  • 2
    Shares

काठमाडौ । वरिष्ठ हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित हुनुभएको छ । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा मदनलाई सम्मान प्रदान गरीएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रेष्ठलाई नगद १ लाख र प्रमाण पत्र प्रदान गर्नु भएको हो । कार्यक्रममा मदनकृष्ण भने उपस्थित भने हुनुभएको थिएन । उनका पुत्र यमन श्रेष्ठले सम्मान ग्रहण गरेका थिए ।

कोभिड–१९ लाई जितेका मदन हाल घरैमा आराम गरीरहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयद्वारा श्रेष्ठलाई सम्मान प्रदान गरीएको हो ।


  • 2
    Shares
प्रतिक्रिया दिनुहोस्