काठमाडाै । कलाकार एक्सन स्टार बिराज भट्ट घाइते भएका छन् । भोजपुरी फिल्म ‘आक्रोश’ मा‘एक्सन स्ट्रिन्ट गर्दा उनी घाइते भएका हुन् ।
उनको बाँया खुट्टामा चोट लागेको छ भने भित्र रगत जमेको चिकित्सकले बताएका छन् । डाक्टरले १५\२० दिन आराम गर्नु पर्ने सुझाव दिए पश्चात यती बेला फिल्मको छायांकन रोकिएको छ । फिल्मको ४० प्रतिशत छायांकन सकिसकेको छ ।
‘आक्रोश’ लाई सन्दीप सिंहले निर्देशन गरेका छन् । विराजको अलावा फिल्ममा प्राची सिंह, सञ्जय पाण्डे, मनोज टाइगरलगायत कलाकारको अभिनय रहेको छ । यही फिल्मको लागि भनेर बिराज केही दिन अघि मात्रै लखनौ प्रस्थान गरेका थिए ।