भारतको असम-मिजोरम सीमा क्षेत्रमा हिंसात्मक झडप

  • 1
    Share

एजेन्सी। भारतको असम-मिजोरम सीमा क्षेत्रमा हिंसात्मक झडप हुँदा आसाम राज्यका ६ जना प्रहरीले ज्यान गुमाएका छन् । दुई राज्यको सीमा क्षेत्रमा मिजोरम तर्फबाट आएका केही अराजक समूहले ढुँगामुढा गरेको आसाम प्रहरीले आरोप लगाएको छ ।

आसाम प्रहरीले शुरुमा ढुँगा मुढा गरेको समूहबाट फायर खोलेको र झडपमा आफ्नो तर्फका ६ प्रहरी मारिएको जनाएको छ । यस घटनालाई लिएर दुबै राज्यका मुख्यमन्त्रीहरुले एकले अर्कालाई दोष लगाएका छन् । आसामका मुख्यमन्त्री हिमत विश्व शर्माले आफ्नो राज्यका ६ जना प्रहरी जवानले सीमानामा भएको झडपमा ज्यान गुमाएको बताएका छन् ।

उता मिजोरम राज्यका गृहमन्त्री लालछमलियानाले आसाम प्रहरीका केहि जवानहरु मिजोरम राज्यको प्रहरी पोष्ट र सीआरपीएफको पोष्ट हुँदै जबर्जस्ती  प्रवेश गरेको बताएका छन् । मिजोरम राज्यको सीआरपीएफ र प्रहरीसँग भनाभन् भइरहेको अवस्थामा मिजोरम राज्यका स्थानीयबासीले प्रतिकार गर्न खोज्दा सो घटना घटेको गृहमन्त्री लालछमलियानाले बताए । उनले प्रतिकारमा आएका निशस्त्र आएका स्थानीयबासी माथि आसाम प्रहरीले लाठी चार्ज, अश्रुग्याँस र गोली प्रहारसमेत गरेको आरोप लगाएका छन् ।

दुबै राज्यका मुख्यमन्त्रीहरुले केन्द्र सरकारको हस्तक्षेपको माग गरेका छन् । केन्द्र सरकारले दुबै राज्यका सीआरपीएफलाई बल प्रयोग गरी शान्ति बहाली गर्न निर्देशन दिए पछि दंगा शान्त भएको छ । केन्द्र सरकारका गृहमन्त्री अमित साहले दुबै राज्यका मुख्यमन्त्रीहरुलाई सीमानाका बाट आ-आफ्नो प्रहरी फर्काउन आग्रह गरेपछि सीमामा तनाव कम भएको थियो ।


  • 1
    Share
प्रतिक्रिया दिनुहोस्