गौरिका सिंहले बनाईन् राष्ट्रिय कीर्तिमान

  • 1
    Share

काठमाडौ । नेपाली पौडीबाज गौरिका सिंहले टोकियो ओलम्पिक २०२० मा राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्। महिला १ सय मिटर फ्रिस्टाइल १ मिनेट ११ मिलिसकेन्डमा पूरा गर्दै बुधबार गौरिकाले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेकी हुन्।

यसअघि उनले ५० मिटरको स्विमिङ पुल ९लङ कोर्स०मा दुई वर्षअघि १८औँ फिना वर्ल्ड च्याम्पियनसिप २०१९ मा १ मिनेट ६२ मिलिसेकन्डको कीर्तिमान कायम गरेकी थिइन्। सोही कीर्तिमान गौरिकाले यसपल्ट भंग गरेकी हुन्। हिट्स १ मा उनीसँगै नाइजेरिया, मोन्टेनेग्रो र ग्वामका खेलाडीले प्रतिस्पर्धा गर्दा गौरिका तेस्रो स्थानमा रहेकी थिइन्।


  • 1
    Share
प्रतिक्रिया दिनुहोस्