एमालेको स्थायी कमिटी बैठक बस्दैँ

  • 1
    Share

काठमाडौ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । ललितपुर च्यासल स्थित तुलसीलाल प्रतिष्ठान भवनमा हुने बैठक दिउँसो ३ बजेका लागि बोलाईएको पार्टीका कार्यलय सचिव शेरवहादुर तामाङले जानकारी दिनुभयो ।

पार्टीको विभागहरुको पुर्णता, विधान अधिवेशन तथा एकता प्रकृयाको विषयमा आजको बैठकमा छलफल हुने भएको हो । आईतावार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक बोलाउनुका साथै स्थानीय तहहरुको अधिवेशनको मिति समेत तय गर्ने निर्णाय गरिसकेको छ । तर आईतावारबाट शुरु भएको बैठकमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको भने सहभागिता छैन ।

नेपाल पक्षले यथास्थितिको बैठकमा सहभागी हुन नसक्ने भन्दै पार्टीको बैठकहरु बहिस्कार गर्दै आईरहेको छ ।


  • 1
    Share
प्रतिक्रिया दिनुहोस्