माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैँ

  • 31
    Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा बोलाईएको बैठक आज अपरान्ह ४ बजे बस्ने तय भएको पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । सत्तारुढ गठवन्धनको कार्यदलले बुझाएको प्रतिवेदन र सरकारमा सहभागी मन्त्रीहरुबारे टुंगो लगाउन बैठक बस्न लागेको श्रेष्ठको भनाई छ ।

कार्यदलले न्युनतम साझा कार्यक्रम बुझाएपछि मन्त्रिपरिषद विस्तार गर्ने गठवन्धनको तयारी छ । हाल प्रधानमन्त्रीसँगै ४ मन्त्री र १ राज्यमन्त्री मात्र नियुक्त भएको छ । जसपा र एमालेको नेपाल पक्षसँगै मन्त्रिपरिषद विस्तार गर्ने तयारी भएपनि नेपाल पक्षको अल्झनको कारण हालसम्म मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । नेपालले समेत केन्द्रीय कमिटी बैठकबाट निर्णाय लिने र न्युनतम साझा कार्यक्रम समेत कार्यदलबाट प्राप्त भईसकेकोले अव केहिदिनभित्र विस्तारको तयारी छ ।

माओवादी केन्द्रले आफ्नो भागमा परेको मन्त्रीको टुंगो लगाउने विषयमा आजको बैठकमा छलफल हुने भएको हो ।


  • 31
    Shares
प्रतिक्रिया दिनुहोस्