माओवादी केन्द्रको महाधिवेशन आउने पुष ११ देखि १३ गते आयोजना गर्ने प्रस्ताव

  • 1
    Share

काठमाडौ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन माथी समुहगत छलफल शुरु भएको छ ।

काठमाडौमा आजबाट शुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथी समुहगत छलफल भईरहेको हो । केन्द्रीय सदस्यहरुलाई ८ समुहमा विभाजन गरि प्रतिवेदनमाथी छलफल शुरु भएको छ । अध्यक्ष दाहालको प्रतिवेदनमा समसामयिक राजनीतिक परिस्थिति र अवको रणनीति समेटिएको छ । साथै पार्टीको सांगठनिक संरचनालाई समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनमा माओवादी केन्द्रको महाधिवेशन आउने पुष ११ देखि १३ गते आयोजना गर्ने प्रस्ताव गरिएको छ । माओवादीले आगामी भदौ मसान्तसम्ममा सदस्यता नवीकरण गरिसक्ने योजना बनाएको छ । असोज १० गते गाउँ, टोलका भेला, सम्मेलन सक्ने, असोज २० गते देशभरका ६ हजार ७ सय ४३ वडाको सम्मेलन एकै साथ गर्ने योजना प्रतिवेदनमा राखिएको छ । माओवादीले आगामी कात्तिक ३० गते जिल्ला सम्मेलन गर्ने, मंसिर १५ गते प्रदेश सम्मेलन गर्ने योजना बनाएको हो । जनवर्गीय संगठनको असोज मसान्तसम्ममा भेला, सम्मेलन सक्ने योजना छ । त्यही समयमा जातीय क्षेत्रीय मोर्चाको पनि सम्मेलन हुने भएको हो ।

समुहगत रुपमा छलफल पछि भोली विहान ११ बजे शुरु हुने बैठकमा समुहगत धारणा राखिने पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । समुहको निष्कर्षका आधारमा परिमार्जन सहित बैठकले प्रतिवेदन पारित गर्ने भएको हो । शुक्रवार बसेको पार्टीको स्थायी कमिटी बैठकले प्रतिवेदन पारित गर्दै केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने निर्णाय लिएको थियो । दुई दिनसम्म चल्ने बैठकले पदाधिकारीको समेत टुंगो लगाउने बुझिएको छ ।


  • 1
    Share
प्रतिक्रिया दिनुहोस्