सांसद किराँतीको पहलमा लघु जलविद्युत आयोजना

  • 2.1K
    Shares

भोजपुर । भोजपुरको आम्चोक गाउँपालिका ३ थिदिंखामा लघु जलविद्युत आयोजना सञ्चालनमा आएपछि गाउँनै उज्यालो बनेको छ । सांसद सुदन किराँतीको सांसद विकास कोष मार्फत २३ किलोवाटको जलविद्युत आयोजना सञ्चालमा आएको हो ।

किराँतीले निर्वाचन क्षेत्र पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत १ करोड रुपैँया विनियोजन गरेपछि लघु जल विद्युत आयोजना सम्पन्न भएको हो । सम्पन्न एखुवा खोला जलविद्युत आयोजनाबाट हाल २३ किलोवाट विद्युत उत्पादन भैरहेको आयोजनाका अध्यक्ष आदित्य राईले जनाएकाछन् । आयोजनाबाट १ सय ९२ घरपरिवार लावान्वित भएका छन् । हाल १ सय ३५ परिवारले विद्युत उपभोग गरिरहेकाछन् । वडाको अन्य टोलमा पनि विस्तारकोक्रम रहेको राईले जनाए । आफुले निर्वाचित गरेको सांसदले गाउँमै बगिरहेको खोलाबाट विद्युत उत्पादन गृहनिर्माण गरिदिएपछि विद्युत बाल्ने सपना पुरा भएकोमा स्थानियबासी हर्षित बनेकाछन् ।

लघु जलविद्युत सञ्चालनमा आएपछि गाउँमा हाल २ ओटा मिल सञ्चालनमा आएको छ । त्यसैगरी पाउरोटी उद्योग, काठ काट्ने सवमिल जस्ता साना उद्योगहरु गाउँमै सञ्चालनमा आएको स्थानीय डिकपाल राईले बताए ।

अलपत्र अवस्थामा रहेको विद्युत परियोजना सञ्चालनमा ल्याउनु पर्ने माग स्थानीयले उठाएपछि किराँतीले बजेट विनियोजन गरेका हुन् । यसका अलवा सांसद किराँतीले ग्रामीण क्षेत्रमा खानेपानी,विद्यालय भौत्तिक संरचना सुधार,सामाजिक विकासका लागि बहुउद्धेश्यिय सामुदायिक भवन, दुग्ध सङ्कलन केन्द्र,जडिबुटी नर्सरी,रैथाने पर्यटन पुर्वाधारमा जोड दिएकाछन् ।


  • 2.1K
    Shares
प्रतिक्रिया दिनुहोस्