भदौ २३ गते संसद अधिवेशन बोलाउन सिफारिस


काठमाडौं ।  सरकारले यही भदौ २३  गते संसद अधिवेशन बोलाउन राष्ट्रपति विद्या भण्डारीसमक्ष सिफारिस गरेको छ । शनिबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदका दुवै सदनको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

भदौ २२ गतेसम्म नेकपा एमाले र जनता समाजवादीबाट छुटेर जाने जनप्रतिनिधिहरूलाई नयाँ दलमा सनाखत हुने समय निर्वाचन आयोगले दिएको छ । त्यसको भोलिपल्ट संसद अधिवेशन राख्ने निर्णय सरकारले गरेको हो । 

शनिबार मात्रै सत्तारुढ दलका शीर्ष नेताको बैठक बसेको थियो । बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए । 


प्रतिक्रिया दिनुहोस्