अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोज १४ देखि १६ सम्म


काठमाडाै । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन केही दिन पर धेकेलिएको छ। 

पहिले निर्धारण गरिएको मिति सारेर अखिल (क्रान्तिकारी) ले असोज १४, १५ र १६ गते आफ्नो २२औं राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने भएको हो।  अखिल क्रान्तिकारीका उपाध्यक्ष विजय गौतमले यसअघि राष्ट्रिय सम्मेलन असोज ९ र १० गते गर्ने भनिएकामा केही दिन पर सारिएको जानकारी दिएका हुन्। 

जिल्ला सम्मेलन नसकिएकोलगायत तयारी नपुगेको तथा केही प्राविधिक पक्ष मिलाउन बाँकी रहेकाले सम्मेलन केही दिन पर सारिएको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस्