हेलौछामा एकीकृत समाजवादीको वडा कमिटी गठन

  • 85
    Shares

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) पार्टीले भोजपुरको हेलौछामा २१ सदस्यिय वडा कमिटी गठन गरेको छ । लक्ष्मिकुमार राईको अध्यक्षतामा कमिटी गठन भएको हो ।

भोजपुर नगरपालिका वडा नं १ हेलौछामा गठन गरिएको कमिटीको उपाध्यक्षमा समशेर तामाङ, देवीभक्तराई र राजेन्द्रकुमार तामाङ चयन भएका हुन् । सचिवमा जितेन राई सहसचिव सागर राई र कल्पना राई साथै कोषाध्यक्षमा मानबहादुर राई चयन भएको हो ।

जिल्ला कमिटी सचिव ममिता राईको प्रमुख उपस्थिति र जिल्ला कमिटी सदस्य दिलबहादुर राईको विशेष उपस्थितिमा कमिटी गठन गरिएको एकीकृत समाजवादीको विद्यार्थी नेता प्रकाशसिंह राईले जानकारी दिनुभयो ।

नेकपा एमालेबाट विभाजन भई बनेको नेकपा ( एकीकृत समाजवादी ) पार्टीले तल्लो तहसम्म संगठन विस्तारलाई निरन्तरता दिईरहेको छ । केहि दिन अघि जिल्ला कमिटी घोषणा गरेको पार्टीले वडा तहसम्म संगठन बनाउने गरि सकृय रहेको जिल्ला सचिव महिता राईले बताउनुभयो ।


  • 85
    Shares
प्रतिक्रिया दिनुहोस्