ओख्रेमा ३३ जनाले गरे माओवादी केन्द्रमा प्रवेश

  • 825
    Shares

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकाको ओख्रेमा विभिन्न पार्टी परित्याग गरि ३३ जना नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ । नेकपा एमाले परित्याग गर्दै २६ जना नेपाली कांग्रेसबाट ५ र १ स्वतन्त्र गरि ३३ जनाले माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा भोजपुर पार्टी ईन्चार्ज सुदन किराँती प्रदेश सदस्य निर्माण किराँती लगायतले प्रवेश गराएका हुन् । गाउँपार्टीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अन्य पार्टीहरुप्रति भरोषा टुटेको भन्दै माओवादी केन्द्र प्रवेश गरेका नवप्रवेशीहरुको भनाई छ ।

यता नवप्रवेशीहरुलाई यथोचित जिम्मेवारी दिने गरि व्यवस्थापन गर्न पार्टीका जिल्ला ईन्चार्ज किराँतीले गाउँपार्टीलाई निर्देशन दिएका छन् ।






  • 825
    Shares
प्रतिक्रिया दिनुहोस्