अरुण गाउँपालिका–७ मा नेकपा एस को वडा कमिटी गठन

  • 247
    Shares

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अरुण गाउँपालिका ७ सिक्रेटारको वडा भेलाले दिल बहादुर कोईरालाको अध्यक्षतामा २५ सदस्यिय वडा कमिटी गठन गरेको छ ।

उक्त भेलाले कमिटीको उपाध्यक्षमा खिरबहादुर खड्का र रामबहादुर खड्का, सचिवमा कमल अधिकारी, उपसचिवमा सविता तामाङ्ग, सहसचिवमा तारा श्र्रेष्ठ लगायत २५ सदस्यिय वडा कमिटी चयन भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला सचिवालय सदस्यिय झईन्द्र खड्काले जानकारी दिनु भयो ।

एकीकृत समाजवादी पार्टी केन्द्रीय उपाध्यक्ष जयन्ती राईको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा भोजपुर जिल्ला पार्टी अध्यक्ष विरजङ राई, सचिव मनिता राई वुद्धिजिवी संघका केन्द्रीय सदस्य प्रकाश राई, लगायतका नेकपा समाजवादीका नेताहरुको सहभागिता थियो ।

एकीकृत समाजवादीले जिल्लाभर संगठन विस्तारलाई आक्रमक रुपमा अघि वढाई रहेको अवस्थामा अरुण गाउँपालिकामा वडा नम्वर ७ बाट संगठन विस्तारको काम शुरुवात गरेको हो । भेलामा नेपाली काङग्रेसका कृयाशिल सदस्यसहीत विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।


  • 247
    Shares
प्रतिक्रिया दिनुहोस्