कलाकार जितु नेपालको नयाँ ‘शो’ ल्याउने तयारी

  • 13
    Shares

काठमाडौं । मुन्द्रेको कमेडी क्लब बन्द गरेका कलाकार जितु नेपालले नयाँ ‘शो’ ल्याउने तयारी गरेका छन् । ‘शो’ को तयारी अन्तिम चणमा पुगेको नेपालले जानकारी दिएका छन् ।
नयाँ ‘शो’ को तयारीमा लागेका जितु प्रचारका लागि विभिन्न टेलिभिजनसँग कुराकानी गरिरहेका छन् । दीपाश्री निरौंला र करिष्मा मानन्धरसँग ‘मुन्द्रको कमेडी क्लब’ मा सहकार्य गरेका जितुले यसपटक भने दिनेश डिसीसँग सहकार्य गर्ने जनाइएको छ । डिसीसँग सहकार्यका लागि छलफल भइरहेको जितुले जानकारी दिए
प्रसारण गर्ने टेलिभिजन फाइनल भएपछि जितुले औपचारिक रुपमा नयाँ ‘शो’ का बारेमा जानकारी दिने बताएका छन् ।


  • 13
    Shares
प्रतिक्रिया दिनुहोस्