घोडेटार फुटबल क्लवलाई हतुवागढी गोल्डकपको उपाधि

  • 28
    Shares

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकामा जारी छैटौ भीमदलराई स्मृती हतुवागढी गोल्डकपको उपाधि घोडेटार फुटबल क्लवले हात पारेको छ । आम्तेक ११ लाई १–० ले पराजित गर्दै घोडेटार फुटबल क्लवले उपाधिको रक्षा गरेको हो ।

क्लवका ११ नम्बर जर्सिमा मैदान उत्रिएका अभिशेक वि.क.ले पहिलो हापमा लगाएको गोल नै निर्णायक बनेको थियो । उपाधि हात पारेको घोडेटार फुटबल क्लवले नगद रु १ लाख ६६ हजार ६ सय ३० रुपैयासहित मेडल र प्रमाणपत्र हात पारेको छ ।

उपविजेता आम्तेक ११ ले नगद रु १ लाख १ हजार ३० सहित मेडल र प्रमाणपत्र पाएको छ । फाइनल खेलको उदघाटन पुर्व मुख्यमन्त्रि शेरधन राईले गरेका थिए ।
समाजसेवी भीमदल राईको स्मृतीमा आयोजना भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।


  • 28
    Shares
प्रतिक्रिया दिनुहोस्